Skip to content

केपी ओली कुहिँएको अण्डा हुन्ः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली कुहिँएको अण्डा भएको टिप्पणी गर्नुभएकाे छ । उहाँले कम्युनिष्टहरू एकदमै राम्रा हुने र ती बिग्रिन थाले भने कुहिएको अन्डा झैं दुर्गन्धित हुने बताउनुभयो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्टहरु राम्रो हुने तर कुहिँयो भने सबैभन्दा गन्धा हुने प्रसंग उल्लेख गर्दै प्रचण्डले भने, ‘अण्डा स्वास्थ्यका लागि राम्रो हो । तर कुहिँयो भने त्यो भन्दा गन्धा चिज केही हुँदैन । त्यसलाई खाइँदैन, गाडिन्छ वा जलाइन्छ । हो, केपी ओली पनि कुहिँएको अण्डा हो ।’  कम्युनिष्ट आन्दोलनमा समाजमा रहेका गलत प्रवृत्ति पनि प्रवेश गर्ने र गलत र राम्रो बीचमा निरन्तर संघर्ष चल्ने अध्यक्ष प्रचण्डको भनाई थियो ।

कम्युनिष्ट आन्दोलन एउटा वैज्ञानिक आन्दोलन भएको बताउनुभएको छ । उहाँले कम्युनिष्ट आन्दोलन कुनै रुढीवादी कूसंस्कृतिको आन्दोलन नभएको बताउनुभयो । उहाँले अहिले केपी ओली त्यस्तै प्रकारको अन्डा भएको बताएउनुभयो । उहाँले भन्नुभयो, ‘एकचोटी माउत्सेतुङले बिग्रेका कम्युनिष्टहरू बारेमा भन्दा सरल उदाहरण दिनुभएको थियो । अन्डा स्वास्थ्यका लागि राम्रो हुन्छ। प्रोटिन हुन्छ । धेरै चिज प्राप्त हुन्छ । तर, अण्डा कुहियो भने त्योभन्दा गन्धा चिज केही पनि हुँदैन ।’

अध्यक्षले सो कार्यक्रममा विप्लवसँग असन्तुष्ट रहेका कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै भन्नुभयो, ‘उहाँ अन्ततोगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ, यसअर्थमा म उहाँलाई धन्यवाद दिन चाहन्छु र छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु ।’

उहाँले अगाडि भन्नुभयो, ‘मैले जहाँसम्म उहाँलाई बुझेको छु, चिनेको छु, अन्ततः उहाँ यही ठाउँमा, यही लाइनमा, यही टिममा उहाँ आउनै पर्छ । मैले धेरै पहिले नै भनेको थिएँ, जतिबेला उहाँ अलग्गिनु भएको थियो । मैले भनेको थिएँ– अर्को प्रचण्ड अहिले हुँदैन । अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो, त्यसकारण म उहाँलाई धन्यवाद भन्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर