Skip to content

नारायणगढ–मुग्लिङ सडक दिउँसोमा साढे ४ घण्टा बन्द हुने

चितवन। आइतबारदेखि नारायणगढ–मुग्लिङ सडकखण्ड एक सातासम्म दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने भएको छ। मुग्लिन नारायणगढ सडक आयोजना कार्यालयका अनुसार फागुन २३ गतेदेखि २९ गतेसम्म बिहान १०.३० देखि ३ बजेसम्म सडक दुइतर्फी रूपमै बन्द हुनेछ।

यो सडक खण्डको चारकिलोमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ। सो अवधिभर नारायणगढ तर्फबाट गएका सवारी साधन जलबिरे र मुग्लिङतर्फबाट आउने सवारी साधनलाई मुग्लिङ नजिक शान्तिबजारमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। त्यस अवधिमा सम्भव भएसम्म वैकल्पिक सडकमार्ग प्रयोग गर्न सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर