Skip to content

नेपाल बैंक लिमिटेडमा रोजगारीको अबसर

पोखरा। नेपाल बैंक लिमिटेडमा प्रबन्धक, सीएतर्फ सहायक प्रबन्धक, आईटीतर्फ सहायक प्रबन्धक तथा विभिन्न प्रदेशहरूअन्तर्गत सहायकहरू गरी १९२ पदमा दरखास्त आह्वान गरेको छ। लोकसेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ।

बैंकले छैटौँ तहका सहायक प्रबन्धक, सहायक प्रबन्धक (सीए) र सहायक प्रबन्धक (आईटी) तथा प्रदेशगत चौथो तहअन्तर्गत सहायक, सहायक (आईटी) र प्रदेशगत तेस्रो तहअन्तर्गत कनिष्ठ सहायक (गोल्ड टेस्टर) पदमा दरखास्त खुलाएको छ। छैटौँ तह सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ। त्यस्तै चौथो तह सहायक र तेस्रो तह कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

इच्छुक र योग्य उम्मेदवारले अनलाइनमार्फत दरखास्त फारम पेस गर्नुपर्नेछ। आउँदो चैत १२ गतेसम्म अनलाइन दरखास्त पेस गर्ने समय रहेको छ।

दरखास्त फारम नेपाल बैंक लिमिटेडको वेबसाइट www.nepalbank.com.np बाट भर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर