Skip to content

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं . बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ बस्ने ४३ वर्षीया भावना श्रेष्ठलाई काठमाडौं चण्डोलबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ पुस २९ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद र १६ लाख रुपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय वेरुजू रही फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । भावनाले २०७५ पुस ३ र १८ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी राष्ट्रिय बाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय टंगाल खाताबाट भुक्तान हुने गरी चेकहरु काटी पीडितलाई दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उल्लेखित सजाय हुने गरी फैसला भएको थियो । भावनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर