Skip to content

चिनियाँ बजारमै धेरै बिक्री हुनेमा स्मार्ट फोनमा ओप्पो पहिलो पछि पर्‍यो ह्वावे!

काश्की । चिनियाँ स्मार्टफोन बजारमा ओप्पो पहिलो पटक धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ । अनुसन्धानकर्ता काउन्टरप्वाइन्टको प्रतिवेदन अनुसार ओप्पोले पहिलो पटक ह्वावेलाई पछि पारेको हो ।

उक्त प्रतिवेदन अनुसार विश्वकै सबैभन्दा ठूलो बजारको रुपमा रहेको चीनमा ओप्पो २१ प्रतिशत बजार ओगट्न सफल भएको छ । जुन चिनियाँ ब्राण्ड भिभो र ह्वावे भन्दा बढी हो ।

चिनियाँ बजारमा ह्वावे र भिभो दुवैको बजार हिस्सा समान २० प्रतिशत रहेको छ । त्यस्तै एप्पल र साओमी पनि उक्त सूचीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् ।

उनीहरुको हिस्सा १६ प्रतिशत रहेको छ । उक्त प्रतिवेदन अनुसार ओप्पो स्मार्टफोनको बिक्री अघिल्लो बर्षको तुलनामा २६ प्रतिशतले बढेको छ ।

उनीहरुको बिक्री अघिल्लो महिनाको तुलनामा ३३ प्रशितले बढेको छ । ओप्पोको केही समय अघिमात्रै सार्वजनिक रेनो ५ सिरिजका स्मार्टफोन चिनियाँ बजारमा सफल देखिएको छ ।

यसरी ओप्पोले बजार लिँदै जानु अन्य स्मार्टफोन कम्पनीले भने बजार गुमाउँदै जानु हो । विश्व बजारमा जस्तै ह्वावे चिनियाँ बजारमा पनि पछि पर्दै गएको हो ।टेकपानाबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर