Skip to content

माधव कुमार नेपालको खड्ग ओलीसँग निर्णायक वार्ता हुँदै

काठमाडौं ।फुटको संघारमा रहेको नेकपा एमालेको विवाद मिलाउन दुवै पक्ष वार्तामा बस्ने भएका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष खड्ग अ‍ोलीले माधव नेपाल पक्षलाई छलफलका लागि अनुरोध गरेपश्चात अहिले केही बेरमा नै नेकपा एमालेको  केन्द्रिय कार्यालय वार्ता हुँदै छ।

धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन् ।

त्यस्तै अर्को पक्षबाट झलनाथ खनाल र माधव नेपालसहित अन्य दुई नेता सहभागी हुने भएका छन् । माधव नेपाल पक्षले आइतवारमात्रै ओलीविरुद्ध संयुक्त वक्तव्य जारी गर्दै कम्युनिस्ट आन्दोलन विसर्जन गर्न लागेको आरोप लगाएको थियो ।

पार्टीमा निषेधको र छलछामको राजनीति गरेर षडेन्त्रकारीको उपमा पाएका खड्ग ओलीको आजको छलफललाई पनि अर्को षडयन्त्रको तानाबानाको रूपमा आम जनमानसले लिएका छन्।पुस ५ गते सर्वोच्चले नेकपा फुटाइदिएपछि खड्ग ओलीसँग माधव नेपाल पक्षको यो नै प्रथम छलफल हो।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर