Skip to content

सैन्य हेलिकप्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु

एजेन्सी । पूर्वी अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ।

अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायुसेनाको हेलिकप्टर दुर्घटना भएको हो। त्यहाँको रक्षा मन्त्रालयले दुर्घटनामा नौ जनाको ज्यान गएको जानकारी दिएको छ।

बुधवार राति वार्दाक प्रान्तको बिहसुद जिल्लामा सो दुर्घटना भएको थियो। दुर्घटनामा हेलिकोप्टर चालक दलका चार र अफगान राष्ट्रिय सेनाका पाँच सदस्य मारिएका मन्त्रालयले जनाएको छ।

सेनाले दुर्घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ। गत नोभेम्बरमा पूर्वी प्रान्त नागाहारमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा अफगान वायु सेनाका १० सदस्यले ज्यान गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर