Skip to content

माकेले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारलाई दिइरहेको समर्थन फिर्ता लिने भएको छ। आफ्नो पार्टीबाट अलग भएका नेताहरुलाई कारवाही, सरकारलाई दिइरहेको समर्थन फिर्ता लगायत विषयमा छलफल गर्न माओवादी केन्द्रले आज स्थायी समिति बैठक बोलाएको छ।

बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। माओवादी केन्द्रको बैठकले यसअघि नै स्थायी समितिलाई सरकारको समर्थन फिर्ता लिने, नेताहरुलाई कारवाही गर्नेलगायत अधिकार दिइसकेको छ।

माओवादी सरकारको समर्थन फिर्ता लिने विषयमा जसपाको निर्णयको प्रतिपक्षमा थियो। तर अब जसपालाई प्रतिक्षा नगर्ने निष्कर्षमा माओवादी पुगेको माओवादी स्रोतले जनाएको छ। माओवादी स्थायी समितिका एक सदस्यले सम्भवतः मंगलबार सरकारलाई दिइरहेको समर्थन फिर्ता लिने निर्णय गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर