Skip to content

भारत विरोधी प्रदर्शनमा बंगलादेशमा पाँच जनाको मृत्यु

ढाका। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश भ्रमणमा छन्। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणपछि मोदी त्यहाँ पुगेका हुन्। बंगलादेशमा मोदीको चर्को विरोध पनि भइरहेको छ। बंगलादेशको कट्टर इस्लामिक ग्रुप हिफाजत-ए-इस्लामका सदस्यले मोदीविरुद्ध सडकमा चर्को प्रदर्शन गरिरहेका छन्।

बंगलादेशको पुलिस र हिफाजत-ए-इस्लामका सदस्यबीच झडपपछि शनिबारसम्म पाँच जनाले ज्यान गुमाइसकेका छन्। पुलिस अधिकारीका अनुसार चटगाउँमा प्रदर्शनका क्रममा पुलिसले गोली चलाउँदा ५ जना घाइते भएका थिए। उनीहरु सबैको चटगाउँस्थित मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो।

गत वर्ष कोरोना संक्रमण फैलिएपछि मोदीले विदेश यात्रा २०२० मार्चमा रद्द गरेका थिए। कोरोना संकटविरुद्ध खोप अभियान सुरु भएसँगै मोदी विदेश भ्रमणमा निस्किएका हुन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर