Skip to content

काठमाडौंमा मेलम्चीको पानी आयो

पोखरा। मेलम्चीको पानी बल्ल काठमाडौंको धाराहरूमा खस्न थालेको छ।हिजो दिउँसो २ बजेपछि धाराहरूबाट पानी खस्न थालेको हो। त्यसअिघि मीनभवन, महाङ्काल, अनामनगर र ललितपुरको खुमलटारस्थित नयाँ ट्याङकीमा पानी पठाइएको थियो।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले पहिलो दिन पुरानो वितरण लाइनबाट पानी धारामा छोडिएको बताए ।

उनका अनुसार आज चारवटा ट्याङ्कीबाट चार करोड लिटर पानी घरघरको धारामा वितरण हुँदैछ।

बालाजु, बाँसबारी, पानीपोखरीलगायत क्षेत्रको ट्याङकीमा भने दोस्रो चरणमा मात्रै पानी पठाउने आयोजना निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर