Skip to content

गण्डकी प्रदेशमा माकेका दुई मन्त्रीले दिए राजिनामा।

पोखरा । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्री हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्री चुमान तथा कृषिमन्त्री थापाले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन् ।

माओवादी केन्द्रका गण्डकी प्रदेश सभा संसदीय दलको नेता समेत रहेका चुमानले माथिकै निर्देशनमा राजीनामा दिएको बताउँदै मुख्यमन्त्री गुरूङसँग फेरि सहकार्यको वातावरण बनोस् भनेका थिए ।

राजीनामाका विषयमा चुमानले संघीयतामा प्रदेश सभाको संसदीय दलले सरकारमा बस्ने कि नबस्ने निर्णय गर्न पाउनुपर्ने बताउँदै माथिबाटै लादिएकोमा पार्टी नेतृत्वप्रति गुनासो गरेका थिए ।

मुख्यमन्त्री गुरूङले राजीनामा पत्र बुझ्दै मन्त्री थापा र चुमानले राम्रो काम गरेको बताएका थिए।

माओवादी मन्त्रीहरुले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

हाल प्रदेशसभामा ६० जना सांसदमध्ये २८ जना नेकपा एमालेका  सांसद छन् । कुनै सानै दलले समर्थन गर्ने बित्तिकै एमालेकै सरकारको निरन्तरता हुने स्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर