Skip to content

बयलगाडेहरु धरहरा चढेर परिवर्तनकामी शक्तिलाई दुत्कार्दैछन् : डा. भट्टराई

पोखरा। जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले परिवर्तनकामी शक्तिहरूलाई चिन्न आवश्यक रहेको बताएका छन्। लोकतन्त्र दिवसबारे सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै डा. भट्टराईले अहिले परिवर्तनकामी शक्तिहरूमाथि आक्रमण भइरहेकोले परिवर्तनका वास्तविक शक्तिलाई चिन्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढेर परिवर्तनकामी शक्तिमाथि दुत्कारिरहेको आरोप उनको छ। १२ बुँदे समझदारी हुनुअघि रत्नपार्क वरिपरि बयलगाडे महावाणीहरू ओकलिरहेका ओलीले लोकतन्त्र दिवसको दिन धरहरामा चढेर परिवर्तनकामी शक्तिमाथि दुत्कारिरहेको भट्टराईको भनाई छ। परिवर्तन ल्याउने बेला केपी ओली रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै गरेको विषय सबैले याद राख्नुपर्ने उनले बताए।

‘लोकतन्त्र दिवस मनाउँदै गर्दा सबैले याद राखौं-तत्कालीन माओवादी र ७ दल बिच १२ बुँदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै थियो! बयलगाडे महावाणीहरू ओकलिँदै थिए! शक्तिकेन्द्रहरू २-खम्बे नीति फलाक्दै थिए! अनि आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन्!’

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर