Skip to content

रोकिएका परीक्षा अनलाइनबाट लिन अनेरास्ववियू क्रान्तिकारीको माग!

पोखरा। अनेरास्ववियू क्रान्तिकारीले कोभिड- १९ बाट रोकिएका परीक्षा अनलाइन माध्यमबाट गर्ने व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरेको छ । क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बिहीबार एक विज्ञप्ति जारी गर्दै कक्षा पनि भर्चुलअल माध्यमबाट सञ्चालन गर्न माग गरेका छन् ।

“निषेधाज्ञाका कारण स्थगित पढाइ, परिक्षाहरुलाई अनलाइन र भर्चुअल विधिमार्फत गर्ने व्यवस्था मिलाउन, निषेधाज्ञा अवधिको शिक्षण शुल्क राज्यले बहन गर्न, विद्यार्थी एवम् आम जनतालाई स्वास्थ्य बिमाको व्यवस्था मिलाउन, पर्याप्त खोपको व्यवस्था मिलाई सबैलाई उपलब्ध गराउन, कोरोना संक्रमण रोक्न प्रभावकारी योजना बनाउन सरकारलाई बिशेष ध्यानाकर्षण गराउदछौँ,”  विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै सरकार उत्तरदायित्वबाट पन्छिएर सत्ता टिकाउन अनेकौ हथकण्डामा व्यस्त भएको उसको आरोप छ । सरकार कोभिड-१९ बाट आक्रान्त जनजीविकाप्रति जिम्मेवार बन्नुको सट्टा रमिते बनिरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर