Skip to content

महासंघको आवास गृहमा पत्रकारहरूको लागि आइसोलेशन सेन्टर!

पोखरा। नेपाल पत्रकार महासंघले केन्द्रीय कार्यालय काठमाण्डौंमा कोरोना संक्रमित पत्रकारका लागि अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

महासंघमा रहेको पत्रकार आवास गृहमा स्थापना गरिएको आइसोलेसनमा पाँच वटा बेड तयार भएका छन् भने अन्य पाँच बेड तयारीको अन्तिम चरणमा रहेको जनाइएको छ ।

महासंघका अनुसार आइसोलेसन सेन्टरमा हाम्रो टिम नेपालले चारवटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । मेक्सिम इन्टरनेसनल ट्रेडिङ्का प्रबन्ध निर्देशक नारायणबहादुर कार्कीका तर्फबाट दुईवटा सिलिण्ड प्राप्त भएको छ ।

काठमाडौं मेडिकल कलेज सिनामङ्लको परामर्शका आधारमा संक्रमित पत्रकारलाई अक्सिजन तथा अन्य स्वास्थ्य सम्बन्धी सुविधा उपलब्ध गराइने महासंघका महासचिव रोशन पुरीले बताउनुभयो ।

महासंघको अभिलेख भएअनुसार देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमा २५२ जना सक्रिय संक्रमित छन् । जसमा प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमती प्रदेश १४, गण्डकी ७, लुम्बिनी २७, कर्णाली ३०, सुदूरपश्चिम ३० र उपत्यका तीनवटा प्रदेशमा ११७ रहेका छन् । संक्रमतिमध्ये ३२ जनाको अस्पतालमा उपचाररत भइरहेको तथा ४ जना आइसियुमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको छ

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर