Skip to content

माधव-खनाल पक्षका सांसदहरुले आज साममुहिक राजिनामा दिने

पोखरा।प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरेको र सच्चिनुपर्ने माग राख्दै असन्तुष्ट बनेको खनाल–नेपाल पक्षका सांसदहरुले सामुहिक राजिनामा दिने निर्णय गरेका छन् ।

आउँदो २७ गते प्रधानमन्त्री केपी शर्माले संसदको विषेष अधिवेशन आव्हान गर्दै विश्वासको मत लिने एकतर्फी निर्णय गरेपछि निर्णायक बनेको खनाल–नेपाल पक्षले पार्टी एकताका लागी अन्तिम प्रयास गर्दा समेत ओली सच्चिन तयार नभएको भन्दै सामुहिक राजिनामाको निर्णयमा पुगेको बताएका हुन् । उनीहरुले आइतबार सामुहिक राजिनामा दिने तयारी गरेका हुन् ।

संसदमा १ सय २१ सिट रहेको एमालेबाट यो समुहका २० जना  सांसदहरुले सामुहिक राजिनामा दिानासाथै ओलीको बहुमत गुम्ने छ भने विपक्षी गठबन्धनको सरकार निर्मार्णको बाटो खुल्ला हुनेछ ।

सर्वोच्व अदालतले नेकपालाई एमाले रमाओवादी बनाईदिएपछि पार्टीमा एकलौटी निर्णय गर्दै आएका ओलीका लागी यो समुहको राजिनामाले ठुलो धक्का पैदा हुनेछ । पार्टी र नेतृत्वको ०७४ कै एमालेको संरचनामा फर्कनुपर्ने मागमा रहेको खनाल–नेपाल समुहका नेताहरुलाई ओलीले कारवाहीको तयारीस्वरुप स्पष्टीकरण सोधेका छन् भने नेपाल लगायत झण्डै आधा दर्जन नेताहरुलाई निलम्बन गरेका छन् ।

पार्टीको स्थायी समिति तथा जिम्मेवारीहरुमा कहिंपनि खनाल–नेपाल पक्षका नेताहरुलाई जिम्मा दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर