Skip to content

कास्कीमा निषेधाज्ञा झन कडा पारिदैं

पोखरा।कास्की जिल्लामा  जेठ १ गते  बिहान ५  बजेदेखि लागू हुनेगरी आगामी जेठ ७  गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । स्थिति भयावह हुन् नदिन भन्दै  यस अघि बैशाख भर लागु गरिएको  निषेधाज्ञाको समयावधि सकिनासाथ लागू  हुनेगरी थप एक साताका लागी  थप आदेश जारी गरिएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रको  बुधबारको बैठकले उक्त निर्णय गरेको हो । कास्की जिल्लामा  वैशाख १३ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख १९  गते पुनः बैशाख महिनाभरसम्मका लागि समय थपिएको थियो  । सङ्क्रमण दर बढ्दै गएपछि  पुनः एक साता थप गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका  अनुसार यसपाली निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९  बजेसम्म खुला रहने भएको छ ।   उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन भने  खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता देनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्ने तर सोको लागि सवारीसाधन प्रयोग गर्न पाइने छैन । फलफूल तथा तरकारीको थोक बिक्रेताले खुद्रा बिक्री वितरण गर्न पाउने छैनन् । ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पु¥याउन एवं बिक्री वितरण गर्न पाइनेछ  ।

सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । सार्वजनिक एवम् निजी सवारी साधन जेठ ७  गते राति १२ बजेसम्म  सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने  तथा सवारीसाधानमा ५ जना मात्र सवार हुन  र एकमात्र सवारी प्रयोग गर्न  आदेशमा भनिएको छ

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर