Skip to content

पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने, असारमा नयाँ शैक्षिक सत्र

पोखरा।पोखराका महानगरपालिका भित्र संचालनमा रहेका  विद्यालयहरुमा वार्षिक परीक्षा नहुने भएको छ ।

कोरोना महामारीका कारण भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले २०७७ का वार्षिक परीक्षाहरु संचालन नगर्न पोखरा महानगरपलिका शिक्षा महाशाखाले महानगर भित्रका विद्यालयहरुलाई निर्देशन दिएको हो । महाशाखाले वार्षिक परीक्षा  बिनै नतिजा प्रकाशन गर्न  समेत भनेको छ ।

महाशाखाले मंगलबार एक  सूचना जारी गर्दै ‘…. शैक्षिक शत्र २०७७ का वार्षिक परीक्षाहरु कोभिड १९ को महामारीका कारण भौतिक उपस्थितमा  सञ्चालन गर्न सम्भव नदेखिएकाले  यसपूर्व सञ्चालन गरेका त्रैमासिक, अर्धवार्षिक  एवं आन्तरिक मूल्यांकनका आधारमा  विद्यार्थीको मूल्यांकन गरी वार्षिक नतिजा प्रकाशन गर्न’ भनेको छ ।

शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जारी गरेको सुचनामा नयाँ शैक्षिक शत्र २०७८ को विद्यार्थी भर्नासम्बन्धी कार्य असार १ गतेबाट मात्र शुरु गर्न भनिएको छ ।

कक्षा ८ को वार्षिक परीक्षाको हकमा नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार हुने गरी अर्को सूचना प्रकाशन गरिने  सूचनामा उल्लेख गरिएको  छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर