Skip to content

बिपक्ष संसदहरूद्वारा बिशेष अधिबेशनको माग

काश्की। गण्डकी  प्रदेश सभाका प्रतिपक्षी दलहरुले विशेष अधिवेशन बोलाउन माग गरेका छन्।  गण्डकी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) ले संयुक्त रुपमा प्रदेश सभाको विशेष अधिवेशन बोलाउन माग गरेका हुन्।  उनीहरुले प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशन बोलाउन माग गर्दै निवेदन दिएका छन्।  निवेदन प्रदेश प्रमुख अमीक शेरचनलाई बुझाउने तय भएपनि शेरचन विरामी भएपछि उनीहरुले प्रदेश प्रमुखको कार्यालयका उपसचिव यामप्रसाद सुवेदीलाई निवेदन बुझाएका थिए।

नेपालकको संविधानको धारा १८३ को उपधारा ३ अनुसार प्रदेश सभामा रहेका सदस्यहरुको एक चौथाई सदस्यले संसदको अधिवेशन बोलाउन माग गर्न गर्न सक्ने संवैधानिक व्यवस्था छ।  त्यसरी माग गरेपछि प्रदेश प्रमुखले जतिसक्दो चाँडो अधिवेशन बोलाउनुपर्ने हुन्छ।  यद्वपी कहिलेसम्ममा अधिवेशन बोलाउनुपर्छ भन्नेबारेमा भने केहिपनि खुलाइएको छैन।

कांग्रेस र राजपाले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को संक्रमण दर र मृत्यूदर बढिरहेको तथा संक्रमितले उपचार नपाएर मृत्यू कुर्नुपर्ने अवस्थामापनि जनताको आवाज उठाउने संसद बन्द भएकाले आफूहरुले संसद खोल्न माग गरेको जनाएका छन्।  जन स्वास्थ्य र जीवनसँग सम्बन्धित अति संवेदनशील विषयमा प्रदेश सभा मौन र मुकदर्शक रहन नसक्ने र रहनपनि नहुने भएपनि सरकारले अधिवेशन बोलाउन ढिलाई गरेपछि आफूहरुले विशेष अधिवेशन बोलाउन माग गरेको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बताए।  मान्छे दिनदिनै मरिरहेका छन्, राज्य मुकदर्शक बनेको छ,‘उनले भने,‘यस्तो बेला संसदपनि मुकदर्शक बन्नु हुँदैन, जनताका प्रतिनिधिले उनीहरुको आवाज उठाउनुपर्छ, सरकारलाई खबरदारी गर्नुपर्छ त्यसका लागि नै हामीले संसद बोलाउन माग गरेका हौं।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर