Skip to content

यस बर्षको मनसुनमा बढी बर्षा हुने

पोखरा।मनसुनजन्य’ विपद् (मुख्यगरी बाढी पहिरो)बाट यसपटक १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

गत वर्ष औसतबराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको नेपालसामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको मनसुन चुनौतीपूर्ण रहने मौसमविद्ले औंल्याएका छन् ।

‘बंगाल खाडीआसपास विकसित हुनेक्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट एक–दुई दिनमा मनसुन आगमन हुने सम्भावना छ,’ मौसम महाशाखाले बिहीबार ‘विशेष बुलेटिन’ निकाल्दै भनेको छ ।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा सरदरभन्दा बढी पानी पर्ने आँकलन सार्वजनिक गरिसकेको छ । यो चेतावनीसँगै थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् ।

‘मुख्यतः एक त बढी नै वर्षा हुने आँकलन छ, कोभिड महामारीले विगतभन्दा जोखिम छ, डढेलोले पहाड नांगो पारिसकेकाले जोखिम क्षेत्रबाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ,’ उनले भने, ‘गरिबी पनि बढेकाले मुलुक थप चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ, यसलाई केन्द्रित गरेर नै पूर्वतयारी र प्रतिकार्य योजना अघि बढाएका छौं ।’ राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर