Skip to content

एसइई मूल्यांकनको जिम्मा विद्यालयलाई, ८० नम्बरभन्दा बढी दिँदा कारण खुलाउनुपर्ने !

पोखरा।राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनमा कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ।

बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरेसँगै विगतबाट पाठ सिक्दै ८० नम्बर माथि अंक दिने शिक्षकले आफूले नम्बर किन र कुन आधारमा दिएको भन्नै प्रमाणसमेत पेश गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए।

‘गत वर्ष एसइई विद्यालयले मूल्यांकन गरी बोर्डलाई पठाएको नतिजामा धेरै दुरूपयोग भएको थियो,’ प्रवक्ता अर्यालले नागरिकसँग अनुभव सुनाए, ‘हामीले गुरुहरूमाथि विश्वास गरेर मूल्यांकन गर्न दियौं।

तर वहाँहरूले मर्यादा कायम गर्नुभएन,’ उनले थपे, ‘कहिले जिपिए चार नल्याउने पनि चार ल्याएका पनि उदाहरण पाइयो।’ परीक्षाको मार्यादा कायम गर्न यसपटक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा पाँच सदस्यीय मूल्यांकन समितिने गठन गरी मूल्यांकन हुने व्यवस्था गरिएको छ।

जस अनुसार प्रत्येक विद्यालयमा एसइई परीक्षा मूल्यांकन समितिमा पाँच सदस्य हुनेछन्। प्रधानाध्यापक समिति संयोजक हुने व्यवस्था छ भने स्कुलको गणित, अंग्रेजी, विज्ञान, र एक वरिष्ठ शिक्षक गरी चार सदस्यहरू रहनेछन्।

समितिले मूल्यांकन प्रक्रियाका लागि बोर्डले तोकेको कार्यविधिअनुसार समिति सदस्यहरूको सुझाव र सहमतिसहित क्रियाकलाप गर्नुपर्छ।

प्रयोगात्मक विषयका लागि विद्यालयले विद्यार्थीको हाजिरी र प्रस्तुतिलाई २० प्रतिशत, ५५ प्रतिशत त्रैमासिक परीक्षाको मूल्यांकनलाई आधार मानेर नम्बर दिने कार्यविधि बोर्डले तया गरेको छ भने २५ प्रतिशत अंक प्रयोगात्मक परीक्षाको नतिजालाई आधार मानेर मूल्यांकन गरिने कार्यविधि बोर्डले तय गरेको छ।  नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर