Skip to content

गोरखामा भारी बर्षा तथा बाढी पहिरो।

पोखरा गोरखा जिल्लाको विभिन्न स्थानमा आज विहान गएको पहिरोको कारण मानव बस्ती विस्थापित भएका छन् । जिल्लाको पालुङटार नगरपालिकाको  राउतेपानी गाउँमा सडक माथिबाट आएको पहिरोको कारण नागरिकहरु बिस्थापित भएका छन्। विस्थापित नागरिकहरु स्थानीय सगरमाथा प्राविमा आश्रय लिएर बसेका छन् ।

पालुङटार स्थित खोली  गाउँ पनि विस्थापित भएको छ । वडा नम्बर २ का अध्यक्ष लोकनाथ वाग्लेका अनुसार कति घर विस्थापित संख्भया एकिन भैसकेको छैन्। हाल सम्म २० घरका नागरिकहरु अन्यन्त्र आश्रय लिएर बसेका छन् ।

पालुङटार वडा नम्बर ९ स्थित विर्दीमा दुई घर खोलाले बगाएको छ  भने खोलामा फसेका ६ जना मानिसहरुलाई नेपाली सेनाद्वारा उद्धार गरिएको  छ ।

जिल्लाको शहिदलखन गाउँपालिका वडा नम्बर ७  बुङकोट बाह्रबिसेका कलाधर तिवारीको घरमा निरन्तर बर्षातको कारणले घर भित्र पुरै पानी पसेर  जोखिम भएको छ।

शहिद लखन गाउपालिका वडा-७ बुङकोट अधेरी गाउँका सन्त बहादुर गुरुङको गोठमा निरन्तर बर्षातको कारण आएको पहिरो कारण गोठ पुरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर