Skip to content

महन्थ ठाकुर समूह पार्टी बिहिन हुँदै

पोखरा।जसपाको आधिकारिताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवका पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्य देखिएका छन् ।

५१ सदस्यीय समितिमा अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जना उभिएका छन् । केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका छन् । निर्वाचन आयोगले गराएको सनाखत सकिएको छ ।

आजै ४ बजेपछि आधिकारितासम्बन्धी निर्णय आयोगले सुनाउनेछ । बहुमत संख्याका आधारमा यादव पक्षले आधिकारिकता प्राप्त गर्ने सम्भावना छ । आयोगले ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्न समय दिनेछ ।

१० वैशाख ०७७ मा यादव नेतृत्वका समाजवादी पार्टी र ठाकुर नेतृत्वको राजपाबीच पार्टी एकता भएको थियो । एकता पनि ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन भएको थियो । उक्त समितिमा ठाकुर पक्षका २६ जना सदस्य थिए ।

अहिले २६ सदस्यबाट १० जना यादव पक्षमा लागेका छन् । महेन्द्र राय यादवको नेतृत्वमा पहिला नै ६ जना यादव पक्षमा खुलेका थिए । सनाखत गर्ने क्रममा राजकिशोर यादव,  मनिष सुमन र गोविन्द चौधरीलगायतका नेता थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर