Skip to content

प्रचण्डको चाहना आत्मासमर्पण गरेर आत्माहत्या नगर्ने बरु लडेर मर्ने!

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिकारी ढंगले लडनुको विकल्प नरहेको बताएका छन् ।

अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले इतिहासमा पूरा गर्न नसकेको जिम्मेवारी पूरा गर्न नसक्ने हो भने कि आत्महत्या रोज्नुपर्ने कि लडनुबाहेक अरु विकल्प नभएको बताए ।

“घाइते, अपांग, शहीद, वेपत्ता परिवार तथा आम जनताको सपनाको भारी मेरो टाउकोमा छ ।” अध्यक्ष प्रचण्डले भने, “अहिलेसम्म हामीले जे का लागि युद्ध गरेका थियौं, बलिदान गरेका थियौं, त्यो प्राप्त गर्न सकेका छैनौं । त्यसैले कि त हार मानेर आत्महत्या गर्नुपर्यो कि लड्नु पर्यो ।”

“तर हामी हार खान जान्दैनौं ।” अध्यक्ष प्रचण्डले भने, “त्यसैले अब नयाँ ढंगले, क्रान्तिकारी ढंगले लड्नुको विकल्प देख्दिनँ ।”

अध्यक्ष प्रचण्डले पार्टीमा युवाहरुको कमी नरहेको बताउँदै अबको राजनीतिक कमाण्ड युवाहरुको हातमा रहेको समेत बताए ।

विद्यार्थी नेताहरूलाई अब पार्टीको केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव बुधबार बसेको स्थायी कमिटी बैठकमा राखेको सुनाउँदै अध्यक्ष प्रचण्डले विद्यार्थीमा नयाँ नेता आउने बताए । “अब हाम्रो लागि युवा नेताहरूको कमी रहेनछ । विद्यार्थी नेताहरू कम्युनिस्ट पार्टीको नेतृत्वको उत्तराधिकारीको रूपमा तयार भइसक्नुभएको रहेछ” उनले भने, “हिजोमात्र स्थायी कमिटीको बैठक थियो । मैले त्यहाँ अब हाम्रो लागि युवा नेताहरूको दुःख रहेनछ, केन्द्रीय समितिका नेताहरू तयार भइसक्नुभएको रहेछ भनेको थिए । मैले केन्द्रीय समितिमा राख्ने प्रस्ताव गरे ।”

विद्यार्थी संगठनबाट पार्टीको मात्रै नभएर मुलुकको राजनीति अगाडि बढाउने पुस्ता तयार भइसकेको दाहालको भनाइ थियो । “आज यो हलमा तपाईंहरूलाई हेर्दै गर्दा नेपाली कम्युनिस्ट आन्दोलनको मात्रै होइन नेपाली राजनितिमा उत्तराधिकारी तयार भएको देखे,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर