Skip to content

मन्त्रिपरिषद‍्द्वारा धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त!

पोखरा।सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो।

यसअघि नै अर्थमन्त्रालयको निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्तीको निर्णय आज गरेको हो । सरकारले पछि झमेला हुनसक्ने भन्दै सबै कानुनी प्रक्रिया पुरा गरेर उनलाई बर्खास्त गरेको जनाइएको छ।

ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए । बोर्डको अध्यक्षमा रहँदा उनले छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो ।

उनीसहित सर्वोत्तम सेयर खरिद प्रकरणमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद पनि मुछिएका थिए । यद्यपी, उनले आफ्नो पदबाट राजीनामा दिएपछि ढुंगानाले दिन आनाकानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर