Skip to content

शेयर बजार ४१ दशमलव ८४ अङ्कले बढ्यो

पोखरा। आइतबार र सोमबार ओरालो लागेको शेयर  बजार मङ्गलवार भने थोरै बढेको छ । शेयर बजार परिसूच नेप्से हिजो ४१ दशमलव ८४ अङ्कले बढेर दुई हजार ६ सय १२ दशमलव ६५ विन्दुमा पुगेको छ ।

हिजो व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर १८ अङ्कले, विकास बैंक समूहको एक सय ४० अङ्कले, जलविद्युतको ६० अङ्कले, फाइनान्सको ८७ अङ्कले र माइक्रोफाइनान्स समूहको शेयर एक सय ३६ अङ्कले बढेको छ ।

यस्तै होटलको ३६, जीवन बीमा समूहको तीन सय सात, निर्जीवन बीमा समूहको दुई सय ६५, उत्पादन समूहको एक सय सात र अन्य समूहको शेयर ११ अङ्कले बढेको छ । शेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ ।

सोमबार तीन अर्ब ६२ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार जम्मा दुई अर्ब ९९ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । हिजो दुई सय २३ कम्पनीका ४१ हजार कारोबारबाट ५८ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको १३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भयो ।

हिजो मल्टिपर्पोज फाइनान्स, हिमालयन पावर पार्टनर र समता घरेलु लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एनआईसी एसिया लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर