Skip to content

एमालेले आज १ नम्बर प्रदेशबाट पनि हात धुँदैं!

पोखरा। लुम्बिनी, गण्डकी र बाग्मति प्रदेशपछि प्रदेश १ मा पनि एमाले नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । नेकपा एमालेका तर्फबाट निर्वाचित मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै छन् ।

केन्द्रीय सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सांसदहरुले पार्टी निर्णय नमान्ने अवस्था अन्त्य भएसँगै आचार्यले विश्वासको मत गुमाउने निश्चित बनेको छ ।

आइतबार मात्रै केन्द्रीय सत्ता गठबन्धनका पाँचै दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । उनीहरुले आचार्यलाई विश्वासको मत नदिएर आफ्नो गठबन्धनको तर्फबाट माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका छन् ।

९२ प्रदेशससभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेका ४१ सांसद छन् । आचार्य मुख्यमन्त्री कायमै रहन ४७ मत ल्याउनुपर्नेछ ।
विपक्षी गठबन्धनसँग ५० प्रदेश सभा सदस्य छन् । जसले गर्दा राई मुख्यमन्त्री बन्ने निश्चित छ । प्रदेश १ मा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एस) का १०, जनता समाजवादी पार्टी (जसपा)का ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मन्चका एक सदस्य छन् ।

एक सिट रहेको राप्रपाले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने टुंगो लागेको छैन ।

यसअघि गत कात्तिक ७ गते नै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका थिए तर नेपाली कांग्रेस र एमालेकै आग्रहमा सो दिनको बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर