Skip to content

हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउँछौँ : मन्त्री शर्मा

पोखरा।अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारी स्वामित्वमा रहेका बन्द उद्योग सञ्चालनमा ल्याएर युवामा रोजगार सिर्जना गर्ने बताएका छन् ।

हिजो हेटौँडामा वाइसिएल हेटौँडाको नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले बन्द रहेका हेटौँडाको कपडा उद्योग, गोर्खाको टायर उद्योग, जनकपुरको चुरोट कारखानालगायत दर्जनौँ उद्योग सरकारले पुनःसञ्चालनमा ल्याएर हजारौँ युवालाई रोजगार दिने सरकारको योजना रहेको सुनाए ।

विद्यार्थीलाई पढाई सकिँदासम्म उद्यमी, व्यवसायी र प्राविधिक बनाइसक्ने योजनाअनुरुप सरकारले ‘कमाउँदै, पढ्दै’ योजना ल्याएको मन्त्री शर्माको भनाइ छ । यसैगरी घाइतेलाई उपचार, अतिविपन्न परिवारलाई तिहारलगत्तै रु १० हजार दिने योजना सरकारको रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर