Skip to content

फेरि प्रदेश प्रमुख फेरिए!सरकार भागबण्डामा अभ्यस्त

पोखरादेउवा नेतृत्तवको सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको हो ।  प्रदेश प्रमुख फेर्नका लागि सत्तारुढ गठबन्धनका दलले भागबण्डा गरेका छन् । भागबण्डा अनुसार प्रदेश नम्बर १ मा परशुराम खापुङ, सुदूरपश्चिम प्रदेशमा देवराज जोशी, कर्णालीमा तिलक परियारलाई प्रदेश प्रमुख बन्न लागेका हुन् ।

सुदूरपश्चिममा कांग्रेसको भागबाट पूर्वसभासदसमेत रहेका जोशी, प्रदेश १ मा पूर्वसभासदसमेत रहेका जसपाको भागबाट खापुङ र कर्णालीमा माओवादी केन्द्रको भागबाट परियार प्रदेश प्रमुख बन्ने भएका हुन् । परियार यसअघि प्रदेश २ को प्रदेश प्रमुख थिए । सरकारले बागमती, प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेरिसकेको छ ।

माओवादी र एमालेबीच पार्टी एकता भंग भएपछि केपी ओली नेतृत्वको सरकारले परियारलाई हटाएको थियो । सरकारले यसअघि केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेर नियुक्त भएका प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी, सुदूरपश्चिममा गंगाप्रसाद यादव, कर्णालीमा गोविन्द कलौनीलाई हटाएर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो । उनीहरु तीनै जना एमालेनिकट हुन् ।

सरकारले तीनै जनालाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको जनाएको छ ।   ईकागजबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर