Skip to content

शेरबहादुरलाई चुनौति दिंदै शशांक

पोखरा।नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गरेका छन्। हिजो सङ्खुवासभा जाने क्रममा तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताए थिए।

पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो। उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए। महामन्त्री गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताए। उनले भने, ‘आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति गरेको छैन।’

नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको उनको भनाइ थियो। कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गरे। एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर