Skip to content

सेयर बजार राताम्मे!

पोखरा। सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार सेयर बजार राताम्मे बनेको छ । कारोबारको शुरुदेखिनै निकै उतार चढाव रहेको बजार अन्तिम समयमा दोहोरो अंकले गिरावट देखिएको छ ।

बजार मापन गर्ने सूचक ३२.३९ अंकले घटेर २७६९.१३ बिन्दुमा रोकिएको छ । २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता सेयर ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० रुपैयाँको सेयर किनबेच भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक ४.२५ अंकले घटेर ५२१.१८ बिन्दुमा रोकिएको छ ।

बिहीबारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ समूहको २२.१९ अंक, विकास बैंक १११.६१, जलविद्युत ९३.२८, वित्त कम्पनी २७.७, निर्जीबन बीमा २०४.३५, उत्पादन तथा प्रशोधन ७८.०७, माइक्रोफाइनान्स ९.६४, जीवन बीमा समूहको उपसूचक २२७.४६ अंकले घटेको छ ।

कारोबारमा मानुषी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन कारोबार रकमको आधारमा नेपाल दूरसञ्चार प्राधिकरण कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ६० करोड ४४ लाख ५५ हजार ४१२ रुपैयाँको सेयर किनबेच भएको छ । धेरै कारोबार हुने दोस्रो र तेस्रो कम्पनीमा महालक्ष्मी विकास बैंक र अप्पर तामाकोशी हाईड्रोपावर कम्पनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर