Skip to content

एमालेको महाधिवेशनमा माधवकुमार नेपाललाई दिएन निम्तो

पोखरा।नेकपा (एमाले) ले आगामी महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रधानमन्त्री देउवालाई एमालेका संसदीय दलका नेता सुवास नेम्वाङ र महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा राजन भट्टराईले उद्घाटन समारोहमा आतिथ्यका लागि निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदैछ । उहाँका अनुसार एमालेले उद्घाटन समारोहमा आतिथ्यका लागि नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), नेपाल मजदुर किसान पार्टीलाई पनि निमन्त्रणा गरेको छ ।

महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई समेत निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन्  ।

प्रचार विभाग उपप्रमुख थापाले चाँडै नै जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य सबै पार्टीलाई महाधिवेशनका लागि निमन्त्रणा गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर