Skip to content

नेपाल टेलिकम बन्यो सर्वाधिक कर तिर्ने कम्पनी

पोखरा।आन्तरिक राजस्व विभागले १० औँ राष्ट्रिय कर दिवसको अवसरमा सर्वाधिक कर तिर्ने विभिन्न व्यवसाय र व्यक्तिलाई सम्मान गरेको छ ।बुधबार अर्थमन्त्री जनार्दन शर्मा र आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले बुधबार बिहान एक कार्यक्रमका बीच बढी कर तिर्ने करदाता र कार्यालयका प्रतिनिधिलाई सम्मान गरेका हुन् ।

जसअनुसार सबैभन्दा धेरै कर बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ। निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा डाबर नेपाल प्रालि रहेको छ ।

सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ भने व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा सिद्धार्थ शमशेर जबरा रहेको विभागले जनाएको छ ।

कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेकले बढि कर बुझाएको भन्दै सम्मानित भएको छ।भाटभटेनी पनि बढि कर तिर्नेमा परेको छ। भाटभटेनीका कल्याण गुरुङले सम्मान ग्रहण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर