Skip to content

प्रभु लाइफको आइपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज (बिहीबार) अन्तिम दिन रहेको छ।

मंसिर २९ गते देखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको आइपीओमा बुधबार बेलुकासम्म ८ लाख ७३ हजार जनाले २ करोड ३७ लाख कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

आह्वान गरेको सबै कित्ताका लागि आवेदन नपरे ढिलोमा पुस १३ गतेसम्म बिक्री खुल्ला गर्ने योजना थियो। तर बिक्री खुला भएको तीन दिनमै माग भन्दा चार गुणा बढी आवेदन परिसकेकाले बिहीबार बेलुका ५ बजेपछि बिक्री बन्द गरिने भएको छ।

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ६० करोड रुपैयाँको साधारण सेयर जारी गरेसँगै चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ। ६० करोड बराबरको ६० लाख कित्ता साधारण सेयर मध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता सामुहिक लगानी कोषलाई छुट्टयाएर बाँकी रहेको ५४ लाख कित्ताको लागि सर्वसाधारणबाट आवेदन मागिएको छ।

कम्पनीको साधारण सेयरमा आवेदकको संख्या धेरै भएसँगै गोलाप्रथाबाट ५ लाख ४० हजार आवेदकले १०/१० कित्ता सेयर पाउने छन्।

प्रभु बैंक र प्रभु ग्रुप अन्तर्गतका अधिकांश कम्पनी प्रवर्द्धक रहेको प्रभु लाइफले इक्रा नेपालबाट तुलनात्मकरूपमा कम जोखिम रहेको आइआर बीबी प्लस रेटिङ पाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर