Skip to content

एक पुरुषले एकै पटक नौ जना महिलासँग बिबाह गरे

पोखरा।एक ब्राजिलियन मोडलले एकैपटक ९ जना महिलासँग सामुहिक विवाह गरेका छन् । मोडल आर्थर ओ उर्सोले ‘फ्रि लभ’ लाई उत्सवको रुपमा मनाउनका लागि सामुहिक विवाह गरेका हुन् ।

विवाह साओ पाउलो शहरको एक क्याथोलिक चर्चमा भएको हो । आर्थरले पहिलो विवाह लुआना काजकीसँग विवाह गरेका थिए । लुआनाले आर्थरलाई एकपटक ‘कुकुर’ लाई झैं घाँटीमा फित्ता बाँधेर रेलवे स्टेशनमा लगेकी थिइन् ।

अब स्वतन्त्र प्रेमको उत्सव मनाउन र एक विवाहको विरोध गर्नका लागि नौ अन्य महिलासँग एकैपटक गरिएको विवाहलाई औपचारिक रुप दिन उनले यस्तो निर्णय लिएको डेली स्टारले उल्लेख गरेको छ । यसअघि आफ्नो पहिलो विवाहपछि आर्थ र लुआनाले क्याप डी’एगडेमा आफ्नो हनिमुनको तस्बिर सेयर गरेका थिए जसमा दुबै नग्न थिए । यो फोटो निकै भाइरल भएको थियो ।

आर्थर र लुआना दुबैले शहरका विभिन्न पर्यटकीय स्थलमा पूर्ण रुपमा नग्न भएर यात्राको आनन्द उठाएका थिए । उनीहरु यसअघि पनि संसारका केही ‘उदार स्थान’ मा नग्न भएर घुमेका कारण पनि चर्चामा आइसकेका छन् ।

यस वर्ष फेब्रुअरीमा पनि यो जोडीले ध्यान आकर्षित गरेको थियो किनभने उनीहरुले अरुलाई यौन सम्बन्ध स्थापित गर्नका लागि प्रेरित गरेर ब्रओन्लीफ्यान्समा प्रति महिना ५६ लाख कमाइरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर