Skip to content

आज साँझ मन्त्री परिषद बैठक

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

बैठक साँझ ६ बजे बस्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा मन्त्रालयगत एजेन्डाका विषयमा छलफल हुने गुरुङले बताए ।सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश विवादमा परेपछि आजको बैठकमा सोही विषयमा छलफल हुनसक्ने बताइएको छ ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नै नगरी अध्यादेश ल्याएको भन्दै पार्टीभित्रै असन्तुष्टि बढेको थियो ।

बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको पत्र फिर्ता लिने सहमतिपछि नेकपाको स्थायी कमिटी बैठक बसेको थियो ।

बैठकले अध्यादेश फिर्ता लिने निष्कर्ष निकालेको थियो । सोही निष्कर्ष अनुसार आजको मन्त्रिपरिषद बैठकमा अध्यादेश फिर्ताका लागि प्रक्रिया अघि बढाइने नेकपाका एक नेताले बताए

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर