Skip to content

उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्का विजयी

पोखरा। नेपाली कांग्रेसको उपसभातिमा धनराज गुरूङ र पुर्णबहादुर खड्का निर्वाचित बनेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनमा खड्का र गुरुङ विजयी भएका हुन् । कांग्रेसको इतिहासमा उनीहरू नै पहिलो निर्वाचित उपसभापति हुन् ।

गत सोमबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमा सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । भने देउवा समुहकै पुर्णबहादुरले दुई हजार १२१ मत ल्याएर साथै शेखर कोइराला समुहका धनराजले एक हजार ९०८ मत प्राप्त गरेर बिजयी बनेका हुन् । खड्का निवर्तमान महामन्त्री थिए भने  गुरुङ केन्द्रीय सदस्य थिए । देउवा समुहबाट उपसभापतिका उम्मेदवार विजय कुमार गच्छदारले एक हजार ९०६ मत प्राप्त गरे । धनराजले झिनो मतले गच्छदारलाई पराजित गरेका हुन् ।  कोइराला समुहका उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीले एक हजार ५८० मत पाएका छन् ।

प्रकाशमान सिंह समुहबाट उपसभापतिमा मैदानमा उउत्रेकी सुजाता कोइरालाले ६४४ मत ल्याएकी छिन् । महेश आचार्यले ५८९ मत ल्याए । बिमलेन्द्र निधि समुहबाट उपसभापतिमा उम्मेदवार बनेकी दिब्यश्वरी शाहले १३२ मत प्राप्त गरेकी छिन् ।महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ । यसपटक कांग्रेसले १३४ पदमा निर्वाचित हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर