Skip to content

माओवादीको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित (अरु क-कस्ले जिते ?)

पोखरा। नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार दीनानाथ गौतमलाई पराजित गर्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन् । गौतम लाई ६१ भोटले उछिन्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन । जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा उनले १२३ मत ल्याए । गौतमले ६२ मत ल्याए । सचिवमा इन्द्र बहादुर थिङ छिन्ताङ निर्वाचित भएका छन् । सचिवका अर्का उम्मेदवार रामचन्द्र अधिकारी र धर्म डंगोललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । उपाध्यक्ष ३ जनामा रुपा महर्जन, रामप्रसाद ढुगाना ,प्रेम बहादुर पुलामी , सहसचिव ३ जनामा प्रकाश श्रेष्ठ , दलबहादुर बुर्लाकोटि र माधब लामिछाने बिजयी भएका छन । माओवादीले प्रदेश सम्मेलनमा पहिलोपटक आन्तरिक निर्वाचनको बिधिबाट बागमती प्रदेशको पदाधिकारी चयन गरेको हो । काठमाडौं को बत्तिसपुतली को अनुपम फुडल्यान्डमा राति सम्म भएको मतदान भएको थियो ।रातिनै मतगणनाको  मत परिणाम सार्वजनिक गरेर  प्रदेश पदाधिकारी घोषणा गरिएको हो। कुल २७५ मतदातामा २६१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर