Skip to content

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण

पोखरा। आजदेखि काठमाडौंमा सूरु हुन लागेको नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

बैठकमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावलाई केन्द्रीय कमिटीमा पठाउने निर्णय गरिएको थियो।

सम्मेलनले नीति र नेतृत्व चयन गर्ने भएपछि पार्टीको तल्लो तहबाटै महाधिवेशन भन्दै आएकोले महाधिवेशनबाटै अघि बढ्न प्रचण्डले प्रस्ताव गरेपछि केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको शिक्षामन्त्रीसमेत रहेका माओवादी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए ।
आज (आइतबार)सम्मेलनको उदघाटन अघि विहान ८ बजे केन्द्रीय समितिको बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर