Skip to content

जापानमा हिजो मात्रै ४६ हजार भन्दा बढी संक्रमित

टोकियो। युरोपेली देशहरुको स्तरमा कोरोना भाइरसका बिरामी बृद्धिले जर्जर बन्दै गएको जापानमा संक्रमण बृद्धि थप चुलिन थालेको छ । ४७ प्रान्त मध्ये आधा बढि प्रान्तमा अहिलेसम्कै धेरै कोरोना संक्रमित पुष्टि हुँदा जनवरी २० तारिख देशभरमै संक्रमितको नयाँ किर्तिमान बनेको छ ।

हिजो साँझ ७ बजेसम्ममा देशभरमा ४६ हजार नयाँ कोरोना भाइरसका बिरामी पुष्टि भएका छन् । एनएचके समाचार संस्थामा प्रकाशित तथ्यांक अनुसार बिहिबार ४६,१९९ जनामा संक्रमण र कम्तिमा ९ जना कोभिड संक्रमितको निधन भएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांक अनुसार जापानमा कुल कोभिड संक्रमितको संख्या २० लाख पार गरेको छ । बिहिबार साँझ सम्ममा २०२६,५६० जना संक्रमित पुग्दा कोभिड संक्रमणबाट निधन हुनेको संख्या १८,४८३ पुगेको छ ।

अर्को तर्फ हाल जापानमा कोभिड संक्रमित गम्भिर बिरामीको संख्या बढेर २८७ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये १७५९,६०० जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर