Skip to content

कांग्रेस नेता तथा जनप्रतिनिधि दवावाडीको तलबभत्ता सामाजिक कार्यमा

पोखरा। नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले तलबभत्तावापत प्राप्त सबै रकम सामाजिक कार्यमा खर्च गरेका छन् ।गोरखा क्षेत्र नम्बर २ को (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य दवाडीले पछिल्लो एक वर्षमा तलबभत्तावापत प्राप्त ७ लाख ८२ हजार ३ सय ५६ रुपैयाँ र व्यक्तिगत ५ लाख ८१ हजार ४ सय ३५ रुपैयाँ गरी १३ लाख ६३ हजार रुपैयाँ बराबरको रकम सामाजिक कार्यमा खर्च गरेका हुन् ।

पोखरामा पत्रकार सम्मेलन गर्दै प्रदेशसभा सदस्य दवाडीले सामाजिक संघ संस्था, विपन्न नागरिकको औषधी उपचार र विद्यार्थीहरूको छात्रवृत्तिका लागि सो रकम खर्च भएको जानकारी दिएका छन् ।

‘मैले निर्वाचन जितेलगत्तै तलबभत्ताको पैसा गोरखाका जनताको सुखदु:खमा खर्च गर्छु भनेको थिएँ । यो कार्यलाई ५ वर्षसम्म निरन्तरता दिएको छु’, दवाडीले भने ।

उनले नागरिकको स्वास्थ्योपचार राज्यले नै निशुल्क गर्नुपर्ने भएपनि जनप्रतिनिधिको हैसियतले आफ्नो क्षेत्र र जिल्लाका जनतालाई अप्ठ्यारो पर्दा सहयोग गरेको बताए । कोभिड महामारीपछि गोरखाका विभिन्न गाउँमा स्वास्थ्य उपकरण र स्वास्थ्य सामाग्री खरिदमा समेत दवाडीले तलबभत्ताको रकम सहयोग गरेका छन् । उनले हरेक वर्ष तलबभत्तावापत प्राप्त रकम र त्यसको खर्च विवरण सार्वजनिक गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर