Skip to content

सार्वजनिक यातायत सेवा पूर्ण रूपमा चल्ने

काठमाडौं । कोरोना महामारीका कारण विगत ९ महिनादेखि आंशिक तथा पूर्ण रुपमा बन्द हुँदै आएको सार्वजनिक यातायात भोलिदेखि भने पूर्ण रुपमा संचालनमा आउने भएको छ ।  चैत ११ गतेदेखि लगाइएको बन्दाबन्दी, भदौ ३ गतेदेखिको निषेधाज्ञा र असोज १ गतेदेखिको जोर बिजोर प्रणालीले सार्वजनिक यातायातमा आवद्ध मजदुरहरु मारमा परेको भन्दै यातायात व्यवसायीहरुले एकतर्फ रुपमा सार्वजनिक यातायात व्यवसाय पूर्ण रुपमा संचालनमा ल्याउने घोषणा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै भोलिदेखि सार्वजनिक यातायात पूर्ण रुपमा संचालनमा ल्याउने जनाएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रूपमा विज्ञप्ति जारी गरेको छ ।  यसअघि पटक पटक सरकारलाई सार्वजनिक यातायात संचालनका लागि वातावरण मिलाउन आग्रह गरिएको भएपनि सुनुवाई नभएपछि यातायात व्यवसायीहरुले एकतर्फी रुपमा यस्तो निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर