Skip to content

ओलीले छाने १९ पदाधिकारी, पूर्व माओवादीका तीन नेता पाए स्थान

पोखरा।नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले १९ जना पदाधिकारीको नाम सार्वजनिक गरेका छन् । जसमा उनीविरुद्ध अध्यक्ष पदका लागि भिम रावलले प्रतिस्पर्धा गर्ने भएका छन् । ओलीले सार्वजनिक गरेको १९ सदस्यीय पदाधिकारीमा तीन जना माओवादी केन्द्रबाट गएका नेताहरूसहित पार्टी विभाजनमा माधव कुमार नेपालको साथ छाडेर एमालेमै बसेकाहरूसमेत रहेका छन् । उनले आफूपछाडि ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्षको भूमिकामा राखेका छन् ।

यस्तै, ६ जना उपाध्यक्षमध्ये युवराज ज्ञवाली, माधव नेपालको साथ छाडेर एमालेमै बसेका अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुवास नेम्वाङ रहेका छन् ।

पदाधिकारीमा ओलीले महासचिवमा शंकर पोखरेललाई राखेका छन् भने उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल रहेका छन् ।

यस्तै, ओलीले सचिवमा ७ जनालाई मनोनित गरेका छन् । जसमा पूर्वमाओवादीका दुई नेतासहित माधव नेपालको साथ छाडेर एमालेमै बसेका नेताहरू रहेका छन् । जसमा पूर्वमाओवादीका नेताहरू टोपबहादुर रायमाझी र लेखराज भट्ट रहेका छन् ।

यसैगरी, रघुवीर महासेठ, छविलाल बिक, पद्मा अर्यालसहित योगेश भट्टराई र गोकर्ण विष्ट रहेका छन् । भट्टराई र विष्टले माधव नेपालको साथ छाडेर एमालेमा नै बसेका थिए भने अर्याल पहिलोपटक सचिवमा मनोनित भएकी हुन् ।

अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका भीम रावल र उपाध्यक्षमै लड्ने बताएका घनश्याम भुसाल भने १९ सदस्यीय पदाधिकारीमा परेका छैनन् ।

आइतबार मध्यरातमा बसेको बन्दसत्रको बैठकमा अध्यक्ष ओलीले तीन सय एक केन्द्रीय सदस्य मनोनित गरेका छन् । जसमा एक सय ९४ जना पुरानै अनुहार रहेका छन् भने बाँकी नयाँ अनुहार थपिएका छन् । तर, ओली निकट मानिएका झापाका व्यवसायी दुर्गा प्रसाईं ओलीको मनोनयमा पर्न सकेनन् । उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर