Skip to content

मेरो ब्राको साइज भगवानले नापिरहनु भएको छ: श्वेता तिवारी

एजेन्सी । भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुग्नुभएको थियो। श्वेतासँगै इभेन्टमा रोहित रोय, दिगांगना सूर्यवंशी र सौरभराज जैन पनि उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा श्वेताले आफ्नो ब्राको बारेमा बोल्नुभएको थियो ।

‘मेरो ब्राको साइज भगवानले लिइरहनुभएको छ’, उहाँले भन्नुभएकाे थियो । यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ब्रालाई भगवानसँग जोडेको भन्दै उहाँको ट्रोल बनाउने क्रम सुरु भएको छ । श्वेताले कुन सन्दर्भमा यो कुरा बोल्नुभएको हो भन्ने केही खुल्न सकेको छैन ।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले भोपालको प्रहरी प्रमुख मकरन्द देवस्कारलाई यो मामलामा रिपोर्ट बुझाउन भन्नुभएको छ ।

श्वेता तिवारी पछिल्लो केही वर्षयता निरन्तर विवादमा तानिनुभएको छ । उहाँको विवाद वैवाहिक जीवन आसपास नै छ । उहाँमाथि पूर्वपति अभिनव कोहलीले केप टाउनमा खतरोंके खेलाडी ११ को सुटिङमा बिरामी छोरालाई छोडेर गएको आरोप लगाएपछि श्वेता विवादमा तानिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर