Skip to content

काठमाडौं-रक्सौल रेलमार्गको फाइनल सर्भे गर्न सुरू…!

पोखरा। काठमाडौं-रक्सौल रेलमार्ग निर्माणको फाइनल सर्भेका लागि भारतीय जनशक्ति लोकेसनका लागि परिचालन गरिएको छ । नेपाल र भारत सरकारबीच भएको समझदारीपत्र (एमओयू) अनुसार अध्ययन अघि बढाइएको हो ।

रेल विभागका सुचना अधिकारी अमन चित्रकारले एमओयू अनुसार लोकेसनमा फाइनल सर्भेका लागी भारतले जनशक्ति परिचान गराउने क्रममा रहेको बताए । उनले केही दिनमै सबै प्राविधिक जनशत्ती सर्भेका लागी आइसक्ने बताए ।

‘एमओयूपछि भारतबाट फाइनल सर्भेका लागि जनशत्ती केही दिनमा सबै परिचालन हुनेछन्, सर्भे पछि बनाउने काम पनि उनीहरुले आफै गर्नेछन्,’ चित्रकारले चाणक्य पोष्टसँग भने ।

भारतको कोंकण रेलवे कर्पोरेसनका प्राविधिक टोलीले रक्सौलतर्फबाट अध्ययन थालेको हो । नेपाल र भारत सरकारका बीच गएको असोज २२ एमओयू भएको थियो । सम्झौता अनुसार १८ महिनाभित्र अध्ययन सक्नुपर्नेछ । सो अध्ययन पछि आयोजनाको विस्तृत रिपोर्ट तयार हुनेछ । सोही आधारमा लगानी खोजिने छ ।

काठमाडौं–रक्सौल रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन २०७६ भदौमै सकिएको हो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन २०७५ का क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

नेपाल सरकारसँगको समन्वयमा कोंकणले ८ महिना लगाएर प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पारेको थियो । प्रारम्भिक अध्ययनअनुसार रेलमार्गको दूरी १३६ किलोमिटर हुनेछ । वीरगन्जको रक्सौलस्थित सुक्खा बन्दरगाहदेखि काठमाडौं जोड्ने गरी रेलमार्ग निर्माण गर्न लागिएको हो । उक्त अध्ययनले रेलमार्ग निर्माणका क्रममा ४२ किलोमिटर सुरुङ बन्ने देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर