Skip to content

आज नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बठैक बस्दै

पोखरा।नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा छलफल हुनेछ । राष्ट्रिय सभा सदस्य चुनावको समीक्षा, स्थानीय तहको चुनाव लगायत समसामयिक राजनीतिक पनि छलफल हुन सक्ने बताइएको छ ।

संस्थापन इतर पक्षका नेताले पार्टीभित्र छलफल नै नगरि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव र सत्ता गठबन्धनबारे छलफल गरिरहेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । सो विषयमा पार्टीभित्र छलफल हुनुपर्ने उनीहरुको माग थियो । त्यसकारण पनि आजको बैठकमा यसबारे कुरा उठ्न सक्नेछ ।

संस्थापतन इतर पक्ष वैशाखमै स्थानीय तह चुनाव हुनुपर्ने पक्षमा छ । चुनावमा अरु दलसँग गठबन्धन गर्न नहुने तर्क पनि संस्थापनइतरको छ । तर संस्थापन पक्ष वैशाख चुनाव नगर्ने र गठबन्धन गर्ने पक्षमा छ

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर