Skip to content

चुनावको कारण शेरबहादुर दबाबमा।

पोखरा। प्रधानमन्त्री शेरबहादुर देउवा तीन तहको चुनाव एकैसाथ गर्ने पक्षमा देखिएका छन् । उनले स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव एकैसाथ गर्ने पक्षमा आफूलाई उभ्याएका हुन् ।देउवानिकट काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले तीन तहको चुनाव एकैपटक गर्ने पक्षमा प्रधानमन्त्री रहेको खुलाएका हुन् । देउवाले गठबन्धनको आजको बैठकमा पनि निर्वाचन सम्बन्धी ऐन संशोधनभन्दा पनि समयमै चुनाव गर्ने प्रस्ताव गरेका छन् ।देउवाले जेठ, कात्तिक या मंसिरमा तीन तहको चुनाव एकैपटक गर्ने विकल्पबारे छलफल बढाएको बुझिएको छ । उनले कानून व्यवसायीहरुसँग पनि यसबारे परामर्श थालिसकेका छन् ।गठबन्धनमा रहेका दलका नेताहरु प्रचण्ड र माधवकुमार नेपाल पहिले प्रतिनिधि सभा या एकसाथ तीन तहको चुनावको पक्षमा छन् । उनीहरु चुनाव धकेल्न खोजिरहेका छन् । प्रचण्डले चुनाव पहिले गर्ने हो भने प्रतिनिधिसभाको गर्नुपर्ने प्रस्ताव समेत गरिसकेका छन् ।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने पहिले स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पक्षमा छ । दलहरुबाट आएका भिन्न मतलाई दृष्टिगत गरी देउवाले मध्यमार्गी बाटो निकाल्दै प्रस्ताव ल्याउने बुझिएको छ । उनले मंसिरमा हुनुपर्ने प्रतिनिधि सभा र प्रदेशको चुनावलाई केही अगाडि सारेर तीन तहको चुनावलाई एकसाथ गर्न प्रस्ताव गर्ने तयारी रहेको निकट स्रोतले बताएको छ । जेठ या मंसिरमा तीन तहको चुनाव गर्नेबारे पनि छलफल गर्न खोजेका छन् ।

देउवालाई आफ्नै दलभित्र संविधान अनुसार समयमै चुनावको मिति तोक्न दबाब बढिरहेको छ

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर