Skip to content

राप्रपा फुटाउने कमल थापाको चेतावनी!

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले आफूलाई भित्तामा ठेले पार्टी दुर्घटनामा पर्ने बताएका छन् । उनले उठाएका सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयलाई पार्टी अध्यक्षले उपेक्षा गरेर भित्तामा पुर्‍याउन खोजिएको आरोप लगाएका छन्।

एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै थापाले आइतबार लिखित ध्यानाकर्षण पत्र पठाउँदै पार्टीका कुनै पनि कार्यक्रममा आफूलाई सहभागी र जानकारी नगराएर योजनाबद्ध रुपमा अलग्याउने प्रयास भइरहेको बताएका छन्।

‘मैले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रिय कार्यसमितिको बैठकमा पेश गर्न तथा त्यसवारे आबश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पुनः पठाएको छु। फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा नठेल, पार्टी दुर्घटनामा पर्छ । पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य तपाईँबाट हुने छैन भन्ने अपेक्षा गरेको छु’, उनले भनेका छन्।

थापाले एकता महाधिवेशनपछि पार्टीले गति लिने अपेक्षा विपरीत अहिले परिस्थिति विस्तारै निराशाजनक हुँदै गइरहेको पनि टिप्पणी गरेका छन्।
‘पार्टीको वृहत्तर हित र एकतालाई अक्षुण्ण राख्ने पवित्र उद्देश्यका साथ मैले उठाएका सैद्धान्तिक, राजनीतिक एवम् सांगठनिक विषयलाई सम्बोधन गर्नुको सट्टा तपाईँले मेरो पत्रलाई रद्दिको टोकरीमा फालिदिनु भएको छ’, उनले भनेका छन्, ‘महाधिवेशनपछि पार्टीका कुनै पनि कार्यक्रममा मलाई संलग्न गराइएको छैन। पार्टीका कार्यक्रम र गतिविधिबारे मलाई कुनै सूचना र जानकारी दिइएको छैन। योजनावद्ध रूपमा अलग्याउने प्रयास भइरहेको देख्छु।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर