Skip to content

एकै महिनामा ७ ओटा मिसायल परीक्षण गर्न सफल उत्तर कोरिया

प्योङयाङ।  उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको छ । स्थानीय समयअनुसार आईतबार बिहान गरिएको सो परीक्षणलाई सन् २०१७ पछिकै सवैभन्दा ठूलो मानिएको छ । यो उत्तरको यसै महिना गरिएको सातौं परीक्षण हो । उत्तरले प्रक्षेपण गरेको मिसाइल पूर्वी तटमा पुगेको दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले आइतबारको परीक्षण मध्यम श्रेणीको व्यालिस्टिक मिसाईल (आइआरबीएम) भएको जनाएको छ ।

जापान, दक्षिण कोरिया र अमेरिकाले पछिल्लो परीक्षणको निन्दा गरेका छन् । राष्ट्रसंघले उत्तर कोरियालाई व्यालिस्टिक र आणविक हतियार परीक्षण गर्न रोक लगाएको छ । तर, उत्तरले भने ती प्रतिबन्धको उल्लंघन गर्दै आएको छ । नेता किम जोङ उनले देशको रक्षा अवस्था सशक्त बनाउने प्रतिबद्धता जनाउँदै आएका छन् ।

सो मिसाईल २ हजार किलोमिटर उचाईमा पुगेको थियो । आठ सय किलोमिटरको दूरीमा ३० मिनेट उडेपछि  मिसाईल जापानको समुद्रमा खसेको थियो ।

उत्तर कोरियाका बारम्बारका परीक्षणले राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गरेको भन्दै राष्ट्रसंघले उत्तर कोरियालाई उत्तेजना रोक्न र वार्ता गर्न आह्वान गर्दै आएको छ ।

यसअघिका इतिहासलाई हेर्ने हो भने पनि उत्तर कोरियाले अन्य महिनाको तुलनामा जनवरीमा धेरै मिसाइल प्रहार गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर