Skip to content

प्रचण्ड देउवाको गठबन्धन टुट्दै!

पोखरा। सत्ता गठबन्धन चाँडै भत्कनसक्ने सम्भावना बढेको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीले गठबन्धनमा कम्पनि आइसकेको छ । अब गठबन्धनभित्र एमसीसी पारित गर्ने सहमति नबने भत्कने निश्चितप्रायः भएको छ ।

प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कुनैपनि विकल्पमा गएर एमसीसी पारित गर्ने पक्षमा उभिएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग यसबाट प्रत्यक्ष वा विश्वासपात्र पठाएर छलफल गरिसकेका छन् ।

विश्वस्त स्रोतका अनुसार देउवा र ओलीबीच एमसीसी पारित गर्ने भद्र सहमति भएको छ । संसदको अधिवेशनमा एमसीसी टेबल गर्न देउवाले तयारी गरिसकेका छन् ।  गठबन्धनभन्दा एमसीसी सम्झौता संसदबाट पारित गर्नुलाई प्राथमिकतामा राखिसकेका छन् ।

देउवाले एमसीसीमा बाधा पुर्याउनेको डटेर सामना गर्ने आक्रामक रणनीति बनाइसकेको निकट स्रोतले बताएको छ । एमसीसी निर्णयार्थ संसदमा प्रस्तुत गर्न सभामुख अग्निप्रसाद सापकोटाले अवरोध खडा गरे उनीविरुद्ध महाभियोग ल्याउने सम्मको तयारी भइसकेको छ । ओलीले सापकोटालाई सभामुखबाट हटाउन चाहिरहेकाले एमसीसी रोकेमा देउवासँग उनको कुरा मिल्न सक्ने देखिएको छ ।

सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी संशोधनविना पारित नगर्ने पक्षमा छन् । नेकपा एसका प्रभावशाली नेता झलनाथ खनालले एमसीसी कुनै हालतमा पारित नहुने स्पष्ट पारिसकेका छन् । यसले गठबन्धन टुट्ने संकेत देखिइसकेको छ ।

प्रचण्डले हिजो देउवालाई बालुवाटारमा भेटेर एमसीसीको केही बुँदामा संशोधनमा जोड दिएको बुझिएको छ । तर, देउवा एमसीसी जस्ताको तस्तै पारित गर्ने अडानमा रहेकोले कुरा मिल्ने सम्भावना कम छ ।

अब प्रचण्ड एमसीसीमा सहमत हुने या देउवा पछाडि हट्ने बाहायक विकल्प छैन । तर, देउवा पछि नहट्ने गरी बढिसकेका छन् । यसकारण कि प्रचण्ड पछि हट्नुपर्ने हुन्छ कि गठबन्धन टुट्छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर