Skip to content

खोपमा २ अर्व बढी रकम हिनामिना गरेको भन्दै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

पोखरा। कोरोना खोपमा २ अर्व ४० करोड हिनामिना गरेको भन्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी  परेको छ। एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री  खतिवडाले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै आयोगमा मंगलबार उजुरी दर्ता गरेको हो।

‘स्वास्थ्यमन्त्री  विरोध खतिवडाले जिम्मेवारी बहन गरेपछि २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्व ४० करोड राज्यकोषको रकम हिनामिना गरेको हुँदा मन्त्री खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्ति उपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाही गरी पाउँ।’ राष्ट्रिय युवा संघ नेपाल सह संयोजक संजिव कुमार सुरज झाले अख्तियारमा दिएको उजुरीमा भनिएको छ।

नागरिकलाई पर्याप्त खोप लगाउन पर्नेमा उल्टै राज्यकोषबाट खर्च गरी खरिद गरिएको र कोभ्याक्स सुविधा मार्फत मुलुकमा आएको खोपको चरम दुरुपयोग भएको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर